Untitled Document
   
 
 
Khaling
धन खालिङ
खालिङ खालिङ शब्द कसरी व्युत्पति भयो - स्वभाविक कौतुहलको प्रसंङ्ग हो । "ख्याल" शब्दबाट अपभ्रंश भई खालिङ भएको हो । खालिङ जातिहरु आफूलाई ख्याल् भन्दछन् । "ख्याल" शब्दले खालिङ जाति, बीस वा खालिङ पितृ भन्ने जनाउछ । "ख्याल" बाट व्युत्पत भएका अन्य शब्दहरु ः- ख्याल्च्यो- पुरुष वाचक र ख्याल्म्या- स्त्रीवाचक शब्दहरु हुन् । त्यस्तै ख्याल्ब्रा- खालिङ भाषा, ख्याल् तम्र - खालिङ मुन्दुम् , ख्याल् कम् - खालिङ निवास, ख्याल् देल् - खालिङ गाँउ आदि ... धेरै खालिङ शब्दहरु छन् । "राप्छ" खालिङ भाषाको नेपाली अनुवाद "खालिगाँउ" भन्ने बुझिन्छ । खालीको शब्दार्थ हुन्छ - बस्ती नभएको खाली ठाँउ या जग्गा । यस ठाँउलाई नेपाली भाषामा अझै पनि "खाली या खालीगाउँ" नामले चिनिन्छ । राप्छ गाँउ सोलुखुम्बु जिल्लाको बासा गा.वि.स.को वडा नं. ७ र ८ मा पर्दछ । दक्षिण पुर्ब मोहडा फर्केको, चोमोलुङमा (सगरमाथा) क्षेत्रबाट बगेर आउने दूधकोशी किनार १३५० मी देखि केम्जे डाँडा ३२५०मी सम्मा टक्क बसेको भूभाग, अनि मनै लोभ्याउने रमणीय प्राकृतिक छटाभित्र रहेको राप्छ गाँउ आफैमा फराकिलो, सुन्दर, शान्त छ । यस गाँउमा एउटा गाँउ/टोल छ, जस्को नाम हो "ख्यालदेल", यसको सोझो अर्थ हुन्छ खालिङगाँउ । परापुर्वकालमा माप्यका सन्तती ज्युब्यु (जुबिङ)बाट "राप्छ ख्याल" त्यस खाली ठाँउमा गएर बसोबास गरेपछि यस ठाँउको नाम "राप्छ" रहन गएको हो । खालिङ मुन्दुम्मा "ख्याल" शब्दको अर्थ पितृ या कुल हुन्छ । खालिङ आराध्यदेव "खम्नीम्य ख्याल्"लाई मन परेको ठाँउ यही राप्छ थियो । "खाली" ठाँउमा नयाँ बसोबास गर्ने समुदाय" बाट "खालिङ" शब्दको उत्पति भएको प्रष्टिन्छ । खालिङहरु पुरुषलाई ख्याल्च्यो र महिलालाई ख्याल्म्या भन्दछन् । यसरी "ख्याल्, ख्याल्च्यो, ख्याल्म्या, ख्याल्देल, खालीठाँउ वा खालीगाँउ" आदिसंग "खालिङ" शब्दको सम्बन्ध रहेको पाइन्छ । अन्तत खालिङ शब्द सुन्नसाथ आफ्नैपनाको भाषा अनि साँस्कृतिक पहिचान बोकेका एक विशेष हिमाली भूमिको बासिन्दा हुन् भनेर स्मरण भैजान्छ । मध्यपुर्ब नेपाल क्षेत्रमा बसोबास गर्ने धेरै थरिका किरातीहरुमध्ये आफ्नैपनाको जातीय मौलिक पहिचान भएको जाति खालिङ पनि हो । यिनीहरु दिक्प्य र माप्य खालिङ "ख्याल"का सन्तानहरु हुन । पिता पुर्खाहरुको भनाइ अनुसार दिक्प्य र माप्य दाजुभाइ बरहक्षेत्र "सीलुखूलु" बाट आई खुम्बु क्षेत्रको तलतिर, दूधकोशी नदीको वारिपारिका ठाउँहरुमा बसोबास गरेका थिए । दीक्प्य ख्याल दूधकोशी अनि सोलुखोला उपत्यका पछ्याउदै दूधकुण्ड हिमालको फेदी नजिक ग्वान्ब भन्ने ठाँउमा आएर पहिलो बस्ती बसालेका थिए । तत्पश्चात पुर्वी मोहडाका न्यानो भूमि छ्युलेमु, डकु हुदै झरेका थिए । माप्य ख्याल साल्पा भञ्ज्याङ हुँदै पाँचपोखरीबाट सगरमाथाको काखमा रहेको (पाङमुजे¬) पाङबोचे (३,९८५मी उच्चाई)मा पहिलो बस्ती बसाली त्यस क्षेत्रमा खेत बिराएका कहानी प्रत्येक पुर्खाले बताउँछन् । गेल्जोङम्या भोटेनीसँग बुबुसा (बुक्सा) ठाँउको उर्बरा भूमि चर्चा गर्न अउल् झरेको कहानी छ । उनै गेल्जोङम्याले माप्यलाई नून् खान पनि सिकाएकी थिइन् रे । माप्यका सन्तानहरु, ज्युब्यु, राप्छ, लोम्रु, वाकु र पावैसम्म फैलिएका छन् । खालिङ को हुन् - भन्ने बारेमा लिखित रुपमा पूर्न इतिहास नभए पनि खालिङ सँस्कृति साक्षी छ । सर्वोच्च शिखर सगरमाथा/चोमोलुङमा -चुच्चे ढुङ्गाहरुको आमा) अवस्थित सोलुखुम्बु जिल्ला नै खालिङ जातीको मुल थलो हो । सोलुखुम्बु जिल्ला बाहेक काठमाण्डौ, खोटाङ जिल्लाको बुइपा फुलेली, भोजपुर, मोरङ, सुनसरी, संखुवासभा, झापा, पाँचथर, इलाम, दार्जिलिङ, सिकिम अमेरिका आदि अन्य धेरै ठाँउहरुमा पनि खालिङ जातिको बसोबास रहेको छ । चन्द्रु खालिङद्वारा संग्रह गरिएको "ख्याल रादु छेस्कु तम्र, श्रदेय ख्याल्च्यो पुर्खाहरु र The Gurkhas, Eden Vansttart, introduced by B.R. Bajracharya, Anmol Publications - New Delhi, India, को पेज नं.१३०, 27। अनुसार ... ... ख्यालदोस (पाछा)हरु - अ य . अ दिक्प्य, फल्ले, लवदा, सलुङ, थूःला, हाङख्व्राप, हान्दुङ, स्याइजित, म्युथाङ, क्रिसी, यामटोल, सतास, न्याम्र, माप्य, ज्यूब्, कूःल, व्याइसङ, र् कर्सङ, ख्याप्चरु, दबङ, हलबेर, हृयरिख्व्राप्, व्याम्रु, मुक्न्यार, च्युन्द्युर्यार्इर्र् धनकुल, सलच्यो, राःतो, राप्छ, ब्योल्योरु, ब्योर्योम्यर्ुइ, रुना, दुसा, स्युरित्य, नङख्युइव्या, त्याप्तेल्कु, अÞयु, स्योन्यमुख, ल्युम्म्य, नुदिपद, त्याप्तीब्वाप्, सम्नरु थम्नरु, रुम्दु, थ्यन्यरु, अÞस्युली, हृयरिख्व्राप, गोतेम्बु, पुङगर्र्सर् ल्यातो, म्योल्योख्व्राप, प्रोन्ज्योस, जिन्दे, शिविदेउ, लोम्रु, जिन्ती, ख्यार्तो, छिव्यसङ, व्यख्पति, गजिपत, जमानसिंह, हंसी, म्युल्युसङ, नर्र्ल्याम्, नरजित, जयकण्ठ, विन्दसिंह, जम्बसिंह, श्रीकृष्ण, केशेर्याई, मुल्कु, म्यार्सर् उम्यदिम्, हार्पत, र्याज्युमान, स्योम्त्याञ्जे, छिरिङ, न्योर्सर् अरनीजोर, मतिजोर, पर्ण्जोर, र् हर्कवर्ण्र् जगदल, ङोरोतम्, हृयार्मोती, कर्सङप्य, चोमु, ङेम्य, युतेल्कु, करभाग, धनपद, प्यार्लु, ङपकु, ढाक्सेलम, मनध्वज, ङपच, लोन्थोपद, हिरलम, नन्दलम, शंखलम, साकेप, हाङकुला, हाङसाङ, चेलोस, चोचिमी, मिरास, पारारुस, ब्यार्लु, दुसा, हलोक्सु, खेरङ, र्युब्दे, ग्वाम्केप, जसुवान, अक्स्युव्या, मादम्ल्यु, सुरतराम, रुपदे, तेप्था, राद्दा, प्याती, रज्याली, काङसिल्याम्, दूतम्, म्योल्योप्य्राम् , दम्नीजोर आदि । फूलनामहरु आधुनिक प्रविधि, बिकास, औपचारिक शिक्षा, परिवेश आदिका कारण परम्परागत मान्यता परिवर्तन हुदै गैरहेको छ । सरकारी कामकाजमा बाहेक न्वारानको नाम काडेर व्यक्तिलाई बोलाउनु अस्वभाविक/अपमान ठानिन्छ । साम्मान गरेर बोलाउनु पर्दा साइनोबाट बोलाउनुपर्छ । खालिङ जातिमा तरुणो/तरुणी भएपछि उपनामको रुपमा फूलनाम लगाई दिने चलन छ । फूल नाम वा उपनाम राख्दा/लगाईदिँदा सम्बन्धित व्यक्तिको चरित्र, हाउभाउ र रुपलाई सुहाउने गरी राख्ने चलन छ । प्राय यो फुलनामबाट बोलाउने चलन छ । हितैषी साथि र स्नेहीहरुलाई फूलनामबाट बोलाउने चलन छ । स्त्रीवाचक- उजम्, उजम्फूल, उरम्फूल, उरस्फूलर्,र् इछतीर्,र् इछम्र्,र् इछम्फूलर्,र् इजम्र्,र् इजम्फूलर्,र् इन्जतिर्,र् इरिस्फूल, गम्बिरफूल, गोरिम्फूल, गोरीस्, गौनस्फूल, छकस्ती, छमन्फूल, छमस्फूल, जमन्फूल, जमस्फूल, जिरन्, जिरम्, जुनम्, जुनम्फूल, जुनस्ती, जुरम्, जुरम्फूल, निजम्, निजम्फूल, निरम्, निरम्फूल, निरस्फूल, नैजती, नैनस्फूल, नैरस्ती, निरिम्, फट्टपिल, बिजम्, बिजम्फूल, बिनस्ती, बिनस्फूल, बिरिस्फूल, बिरस्फूल, मकम्फूल, मज्जती, मजम्फूल, मनस्फूल, मयम्फूल, मरिस्फूल, मन्जती, मलिम्, मलिम्फूल, मसिम्, मसिम्फूल, माइजा, माईरस्ती, मैजफूल, रसिम्, रसिम्फूल, राम्रसफूल, रिजम्, रिजम्फूल, रिमन्, रिमन्फूल, रेसम्फूल, साईरस्ती, सिमन्, सिमन्फूल, स्रि्रीस, सिरम्, सिरम्फूल, सिरस्ती, सिरिम, सिरिम्फूल, सिरिस्फूल, सिर्जती, सुजम्, सुजम्फूल, राम्जती, राम्रस्फुल, राम्रीस्फूल आदि । पुरुषवाचक- उजमे, उजम्लाल, उरमे, उरस्लाल, ऐनबर, ऐनस्लाल, ऐने, ऐसबर, ऐसेर्,र् इछम्लालर्,र् इछलालर्,र् इजम्लालर्,र् इरिस्लाल, गनसे, गम्बिरे, गम्बिरलाल, गुनस्, गोरिस्, गोरिसे, गौनबर, गौनस्, गौनस्लाल, घमसे, छक्कलाल, छकस्, छकसे, छकस्लाल, छत्तिस्लाल, छत्तिसे, छमन्लाल, छमसे, छमस्लाल, छमस्बर, जमस्, जमस्लाल, जिरने, जिरिसे, जुनमे, जुनबर, जुनम्लाल, जुनसे, जैनस्, जैनसे, तमसे, देउनस्, निजमे, निजम्लाल, निरमे, निरम्लाल, निरसे, नैजे, नैजलाल, नैनस्लाल, नैरस्लाल, पिछलाल, फट्टबिर, फट्टसि, फट्टलिल, फनसे, बत्तिसे, बिजबर, बिजमे, बिजम्बर, बिजम्लाल, बिजस्, बिजसे, बिरस्, बिरिसलाल, बिरिसे, बिरस्लाल, मकम्लाल, मजमे, मजम्लाल, मजसे, मनस्, मनस्बर, मनस्लाल, मरिस्लाल, मरिसे, मलिमे, मैजलाल, मैनस्, मैनसे, मैनस्बर, राम्रिसे, राम्रिस्लाल, रिजने, रिजमे, रिजसे, रिजम्लाल, रमन्लाल, रमने, रामरस् , रिमने, रिमन्लाल, रसिमे, रसिम्लाल, रेसमे, रेसम्लाल, सिमने, सिमन्लाल, स्रि्रीसे, सिरमे, सिरम्लाल, सिरस्, सिरिमे, सिरिम्लाल, सिरिस्लाल, सुजम्बर, सुजम्लाल, आदि । नोट - नाम्जे-नाम्चे, दिवोजे-दिबोचे, दिङमुजे-दिङबोचे, फोरोजे-फोर्चे, लबुजे-लबुचे, तेङमुजे-तेङबोचे, स्योङमुजे-स्याङबोचे, भेम्क्यार-बेङकार, खुमीझुङ-खुम्जुङ, युलझुङ-युलजुङ, ग्ल्योमर्सदोभान- लार्जदोभान, तवजे-तावचे, आदि शब्दहरु खालिङ शब्दबाट अपभ्रंश/ब्युत्पति भएका हुन् भने मर्सझुङ, ग्ल्योझुङ, नमुजे, तेःमुजे, सलुङ, केम्जे, कटुन्जे, र्सर्मुजे आदि खालिङ तत्सम शब्दहरु हुन् । खालिङ भाषामा "जे" को अर्थ हुन्छ-बोल्छ, बज्छ, कहलाउछ र "मुजे" को अर्थ हुन्छ- बोल्दैन, बज्दैन । सोलुखुम्बुबाट आएका साला (तन्नेरी), सोह्र खम्बु .....बाट सोलुखुम्बु शब्दको उत्पति भएको हुन सक्छ । सुझाब र सहयोगको लागि अपेक्षित - धन खालिङ , GPO # 20833, KTM, Nepal, wintreks@wlink.com.np
----------------------------------------------------------------------------------------------------------------------------------------------
 
Untitled Document
 
    History and Culture  
Thulung
Kulung
Bahing
Khaling
Nachhiring
 
 
    Latest Donors  
स्व. दौलतबहादुर राई
माध्यमिक शिक्षा छात्रवृत्ति
रु. ५३३८३/-
श्री गोकर्ण राई
गोकर्ण उच्च छात्रवृत्ति
रु. १०६७३८/-
श्री जि. उ. स.
माध्यमिक शिक्षा छात्रवृत्ति
रु. ८०९९२/-
More Donors »
 
 
    Notice Board  
बन् भोज् "कार्यक्रम् २०६७"
 
 
    Links  
News Portal
www.nepalnews.com
www.onlinekhabar.com
www.nagariknews.com
Social Institutions
KIRAT RAI YAYOKKHA
JIMEE (RAI) UPLIFTMENT SOCIETY, SOLU
JIMEE RAI UPLIFTMENT SOCIETY (UNITED KINGDOM)
KIRAT RAI SOCIETY OF AMERICA
 
 
 
Untitled Document
Copyright © 2009, www.jimeesamaj.com. All rights reserved.