२० भाद्र २०६६, जिमी (राई) उत्थान समाजको ११ औं बाषिर्क उत्सव विविध कार्यक्रमका साथ, काठमाडौमा सम्पन्न भयो । नेपाल जनजाति उत्थान प्रतिस्थानका उपाध्यक्ष श्री जीतपाल किरातीको प्रमुख आथित्त्यामा समापन भएको सो बाषिर्क उत्सव कार्यक्रममा ५८ जना रक्तदाताहरुलाई प्रसंसा पत्र प्रदान गरियो । उक्तकार्यक्रममा २०६६ सालको S.L.C परीक्षमा शर्वोत्कृष्ट अंक प्राप्त गर्ने जिमी छात्रा ३ र छात्र ३ लाई गोकर्न राई उच्च शिक्षा छात्रवृद्धि प्रदान गरिएको थियो । कार्यक्रममा जिमी राई उच्चा शिक्षा छात्रवृद्धि र दौलत बहादुर राई उच्चा छात्रवृद्धि पनि प्रदान गरिएको थियो । छात्रा तर्फक्रमसः फुरमाया राई र बिना राई (महेन्द्र ज्योति मा. वि., चौरिखर्क), राधा कुमारी राई(खुम्जुङ मा.वि. खुम्जुङ) लाई र छात्र तर्फक्रमसः जेवि राई (महेन्द्रदया उच्चा मा.वि.), रामकुमार राई (नुनथला मा.वि.) र जीवन ज्योति मा.वि.का प्रकाश राई कांगेललाई प्रदान गरिएको थियो ।
नयाँ अक्षयकोषदाताहरुलाई ताम्र पत्र तथा आजीवन सदस्यहरु र विशिष्ट सदस्यहरुलाई सम्मान पत्र प्रदान गरिए । जिमी परिवारका कलाकारहरुले गीत तथा संगितमया वनाएका सो कार्यक्रममा हिमालयन एकाडेमिको नृत्या प्रदर्शन् तथा छिरीङ डोमा राई र छिरिङ राईको नाचको साथ कार्यक्रम समापन भएको थियो ।