Untitled Document
Home | About Us | Contact
Activities
 
शिक्षा आम मानिसका निम्ति अपरिहार्य वस्तु हो ।
 

 शिक्षा आम मानिसका निम्ति अपरिहार्य वस्तु हो हर व्यक्तिको गुणस्तरयुक्त जीवनयापन अथवा व्यवस्थापनको लागि शिक्षा नभई नहुने यथार्थ बनिसकेको यस्तो महत्व पूर्ण शिक्षा हर व्यक्तिले ग्रहण गर्न जरुरी हुँदै हो, सँगसँगै शिक्षा ग्रहण गर्नु मानव मात्रको अधिकार पनि हो यसरी देश, काल, परिस्थिति सुहाउँदो शिक्षा लिन पाउनु प्रत्येक वालवालिकाहरुको अधिकार हो तर जति सजिलो रुपमा यसरी व्याख्या गर्न सम्भव , यसलाई कार्यरुपमा लग्न भने उत्तिकै कठिन यस्तै कठिन परिस्थिति पार गर्दै वालवालिकाहरुलाई शिक्षा दिने महत्वपूर्ण  अभियानमा उदाहरणीय कार्यहरु गर्दै अघि बढिरहेको विद्यालय (संस्था) 'हिमालयन असहाय वाल शिक्षा सदन, काठमाडौं' को भूमिका अति गहन तथा गर्व गर्नलायक अनि सबैका लागि अनुकरणीय मान्न सकिन्छ

            सोलुखुम्बूको जुबू गा. वि. . मा जन्मिएर जीवन संघर्षका खुट्किला पार गर्दै गलैंचा (कार्पेट) व्यवसायमा हात हाल्न पुगेका कुलरत्न राईव्यवसायकै क्रममा एक जना अष्ट्रियन समाजसेवी तथा व्यवसायी Siegfried Mayer सँग भेट भएपछि दुबैको प्रयासबाट वाल शिक्षाको क्षेत्रमा केही गर्न सकेको र्सगर्व बताउँछन् आफूले शिक्षा ग्रहण गर्दाताका पाएको दुःख, खेपेका हण्डर अनि रोजगारीको खोजीका क्रममा सँगालेका तीता-मीठा अनुभव केलाउँदै टुहुरा असहाय वाल-वालिकाको शिक्षाको क्षेत्रमा केही गर्न तम्सेका राई तथा Austrian First Village का अध्यक्ष समेत रहेका Siegfried Mayer को संयुक्त प्रयासबाट तत्कालीन रुपमा गलैँचा मजदुरहरुका वालवच्चाहरुलाई शिक्षा दिने लक्ष्य लिएर सन् २००२ मा १५ जना -साना विद्यार्थी जम्मा गरी धापासीमा एक सानो भवन भाडामा लिएर Himalayan Helpless Child Academy अर्न्तर्गत एल.के.जी., के.जी., यू.के.जी. हुँदै कक्षा सम्मको कक्षा संचालन सुरु गरिएको थियो

            १५ जना विद्यार्थीबाट सुरु गरिएको उक्त स्कुलमा प्रतिवर्षबढाउँदै लगिएको विद्यार्थी संख्या हालसम्म (सन् 2008) मा २०१ जना पुगिसकेको सुरुमा सानो कोठे भवन भाडामा लिई सञ्चालन गरिएकोमा विद्यार्थी संख्याको बढोत्तरीसँगै हाल एउटा चारतले भवन भाडामा लिई संचालन गरिएको भने विद्यार्थीका लागि निःशुल्क पुस्तक, स्टेशनरी सामान, खेलकूद सामग्री तथा स्कूल पोशाकको समेत निःशुल्क व्यवस्था सहित ५० जना विद्यार्थीलाई निःशुल्क आवासीय सुविधा समेत उपलब्ध गराउन एक अर्को भवन भाडामा लिई प्रदान गरिएको स्कूल स्थापनाकाल देखि नै हालसम्म सञ्चालक समितिको अध्यक्षको रुपमा रहेर निःशुल्क सेवा प्रदान गरिरहेका कुलरत्न राईका अनुसार गलैँचा मजदूरका वालवच्चाका अतिरिक्त ज्याला मजदूरी गर्ने निम्न आय भएका परिवारका वालवच्चाहरु, विस्थापित, टुहुरा तथा सडक वालवालिका (जो विभिन्न जातिहरु अर्न्तर्गतका छन्) यस स्कूलका हरेक विद्यार्थीका -आफ्नै Sponsor Parents को व्यवस्था भैसकेकाले यथासम्भव सुविधा प्रदान गर्न सकिएको हो हाल कक्षा (सन् 2008) सम्मको शिक्षा निःशुल्क रुपमा दिइँदै आएको यस स्कूलमा भविष्यमा उच्च मा. वि. वा + सम्मको शिक्षा प्रदान गर्ने व्यवस्था गर्नका लागि सम्पूर्ण स्कूल (संस्था) परिवार अहोरात्र कोशिषरत रहेको

            सुरुकै दिनबाट पढाइ लेखाइका अतिरिक्त नृत्य कक्षाको समेत व्यवस्था गरिएको यस स्कूलमा सन् २००६ बाट भने संगीत (गायन, वाद्यवादन) को पनि कक्षा प्रारम्भ भई हाल सञ्चालनमा यसै शिलसिलामा गएको सन् २००७ को April/May मा स्कूलका Principal तथा Music Instructor को नेतृत्वमा कक्षा का विद्यार्थीहरुले (हाल कक्षा ) First Austrian Village Austria को व्यवस्थापनमा एक महिना अवधिभर अष्ट्रियाका विभिन्न शहर तथा ठाऊँहरुमा सफलता पुर्वक सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गरी फर्केका छन्

            First Austrian Village का अध्यक्ष Siegfried, उपाध्यक्ष Thomas Stupner को नेतृत्वमा महिना दिनसम्म सम्पन्न भएको उक्त कार्यक्रममार्फ यस स्कूलका हरेक वालवालिकाको छुट्टाछुट्टै Sponsor को व्यवस्था थप भई आएकोमा थप २४ जना वालवालिकाका लागि समेत कोटाको व्यवस्थाका लागि Sponsorship मिल्न गएको फलस्वरुप विद्यालय सञ्चालन समिति तथा जिमी (राई) उत्थान समाज, सोलु बीचको सहमति सहकार्य मार्फत जिमी (राई) उत्थान समाज, सोलुको अग्रसरतामा सोलुखुम्बूका विभिन्न गा.वि..हरुसम्म भ्रमण, अध्ययन गरी विपन्न बेहाल स्थिति विद्यमान रहेका परिवारका गरी जम्मा २१ वालवालिकाहरुलाई गत वर्षो मंसीर महिनामा सदरमुकाम सल्लेरीमा निजहरुकै अभिभावकहरुको समेत समुपस्थितिमा जम्मा गर्राई उनीहरुको  आवासीय सुविधा सहितको उचित शैक्षिक उन्नतिका लागि यथासक्य व्यवस्था गर्ने बाचाका साथ एकै पटकमा गत २२ मंसीर ०६४ का दिन फाप्लुबाट हवाइजहाजद्वारा काठमाडौं ल्याउने कार्य भएको , नौलो ठाउँ, नौलो वातावरण, नौलो साथीहरुमाझ अभ्यस्त गराउँदै उनीहरुलाई, उनीहरुकै उमेर, शैक्षिक स्थिति अध्ययन गरी विभिन्न कक्षाहरुमा अध्ययनको अवसर प्राप्त गर्ने वालवालिकाहरुको विवरण यसप्रकार -

 

            पहिलोचोटी काठमाडौं टेकेका ती वालवालिकाहरुले एयरपोर्टमा उनीहरुलाई भेट्न पुगेका पत्रकारहरुलाई डाक्टर, पाइलट, शिक्षक आदि इत्यादि बन्ने भनी निर्धक्क जवाफ दिएका थित,  गोरखापत्र लगायतका पत्रिकाहरुमा विशेष महत्वका साथ खबर छापिएका ती विद्यार्थीहरुको अध्ययनमा हाल देखिएको परिश्रमपुर्ण संलग्नताले भने उनीहरुको लक्ष्यले सफलता पाउन सक्नेमा आशावादी हुन सक्ने देखिन्छ यसैगरी संगीत तथा नृत्य कक्षामा पनि उनीहरु सार्थक रुपमा भाग लिँदै विविध ज्ञान हासिल गर्न प्रयासरत छन् यसरी पछिल्लोपटक सोलुखुम्बूबाट ल्याइएका वालवालिकासँगै अरु विभिन्न जाति-जनजाति अर्न्तर्गतका वालवालिकाहरुको पढाइसँगै संगीत, नृत्य, खेलकूद लगायत अतिरिक्त क्रियाकलापहरु तर्फ सक्रियताबाट उत्साहित उक्त स्कूलका प्रिन्सिपल रामकुमार र्राई पनि उनीहरुको भविष्य सफल हुनेमा विश्वस्त देखिन्छन्

           अन्तमा, स्कूल सञ्चालन समितिका अध्यक्ष तथा स्कूलका प्रिन्सिपल दुबै जना स्कूलको कक्षा वृद्वि गर्दै जाने क्रममा खेप्नु परेका कठिनाईहरुलाई सम्झँदै यस्तो पवित्र अभियानमा सरकारी तवरबाट उत्साहपुर्ण सहयोग मिल्नुपर्नेमा एकमत छन् शिक्षा तथा सेवामूलक नाराका साथ विभिन्न व्यक्ति, संघ-संस्थाबाट बेग्लाबेग्लै रुपमा सञ्चालनमा आएका यस्ता प्रकारका योजना तथा कार्यक्रमहरुको बारेमा सरकारी पक्षबाट स्वतन्त्र, निष्पक्ष अध्ययन गरी सही सच्चा सेवाकारी  संस्थाहरुलाई आर्थिक भौतिक, रचनात्मक सहयोग गर्दै अघि बढ्नका लागि अझ बढी प्रेरणा दिनुपर्ने दायित्वप्रति सम्बन्धित निकाय सचेत बन्नु जरुरी देखिन्छ

 

 
तपाईको प्रतिक्रिया
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
प्राप्त प्रतिक्रियाहरु ( 0 )
 
  Untitled Document
  History and Culture
Thulung
Kulung
Bahing
Khaling
Nachhiring
  Notice (सूचना पाटी)
बन् भोज् "कार्यक्रम् २०६७"
  Latest Donors
स्व. दौलतबहादुर राई
माध्यमिक शिक्षा छात्रवृत्ति
रु. ५३३८३/-
श्री गोकर्ण राई
गोकर्ण उच्च छात्रवृत्ति
रु. १०६७३८/-
श्री जि. उ. स.
माध्यमिक शिक्षा छात्रवृत्ति
रु. ८०९९२/-
श्रीमती राधादेवि राई
बैशा खालिङ स्मृति मेडिकल ट्रष्ठ
रु. ५३९९५/-
More Donors »
  Send Feedback
Name
Address
Email
Feedback
 
  Links
News Portal
www.nepalnews.com
www.onlinekhabar.com
www.nagariknews.com
Social Institutions
KIRAT RAI YAYOKKHA
JIMEE (RAI) UPLIFTMENT SOCIETY, SOLU
JIMEE RAI UPLIFTMENT SOCIETY (UNITED KINGDOM)
KIRAT RAI SOCIETY OF AMERICA
Untitled Document
Copyright © 2009, www.jimeesamaj.com. All rights reserved.