र्सवप्रथम जिमी (राई) उत्थान समाज सोलूको एघारौं वर्षपूरा गरी बार्ह्रौ बर्षा प्रवेश गर्न लागेको सुखद अवसरमा सम्पूर्ण दाजूभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । यस पुनित अवसरमा समाजको उद्देश्य, नीति तथा कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न आर्थिक, भौतिक तथा नैतिक सहयोग गरी समाजलाई यस स्थितिसम्म पुर्याउन सहयोग गर्नुहुने सम्पूर्ण जिमी तथा गैरजिमी महानुभावहरु लगायत संघ-संस्थाहरुमा पनि यसै अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु र आगामी दिनहरुमा पनि अझ बढी सहयोगको अपेक्षा राख्दछौं ।
अझ पनि देश अनुकूल परिस्थितिहरुबाट अगाडि बढिरहेको अवस्था छैन । यहाँ विविध खालको नकारात्मक परिस्थितिहरु विद्यमान रहेको हुँदा नेपालको अन्तरिम संविधान, २०६३ को मर्म अनुसार काम हुन सकिरहेको छैन । देशमा खुलेआम दण्डहीनताले प्रश्रय पाईरहेको छ । महंगी, बेरोजगारी जस्ता समस्याले बिकराल रुप लिएको छ । फलस्वरुप संस्कृति, परम्परा, सामाजिक रहनसहन आदि क्षेत्रमा खलल पुग्न गएको छ । दैनिक रुपमा मानिसहरुमा विभिन्न खाले डर, त्रासले डेरा जमाई रहेको छ । यस्तो स्थितिमा सामाजिक उत्थानको लागि कार्यक्रम अगाडि बढाउन बढी होसियारी हुनु जरुरी छ । यद्यपी जिमी (राई) उत्थान समाज प्रत्यक्षतः ग्रामीण परिवेश र अशिक्षित, समुदायहरुको उत्थान गर्ने हेतुले स्थापित भएको र सोही अनुसार आफ्नो कार्य गर्दै आईरहेको हुँदा उपरोक्त समस्याहरुको सामना गर्नु परिरहेको छैन । हामीलाई थाहा छ, दुर्गर्म् भेगमा स्थानीय जनताहरुको र्सवाङ्गीण जीवनस्तर उठाउन धैरै नै कठिनाई पर्न जान्छ । आजको प्रविधि र विद्युतीय सञ्चारको सञ्चालनमा देश नै पछाडि परिरहेको पर्रि्रेक्ष्यमा आदिवासी जनजाति र राज्यको पहुँच भन्दा धेरै पछाडि पारिएको समुदायको उक्त सन्जालभित्र नपर्नु स्वभाविकै छ । तर राज्य र अन्य विविध कारणले सीमान्तकृत गर्राईएता पनि हामी यसै मञ्चबाट आफ्नो बलबुताले अग्रगमन तर्फअग्रसर हुँदै जानेछौं ।
२०६२/६३ को दोश्रो जनआन्दोलनद्वारा प्रतिपादित देशमा अमनचैन, शान्ति सुरक्षा र नयाँ संघीय, लोकतान्त्रिक संविधान निर्माण कार्य सुस्तगतिमा गईरहेको छ । यद्यपि हामी भोलिको संघीयताको सवालमा, राज्य पुनर्संरचना, त्यसबाट उत्पन्न राम्रा नराम्रा परिणामहरुको बीचमा ठोस र न्यायिक मार्गमा अगाडि बढ्न तपाईं हामी सबै सक्षम र योग्य हुन जरुरी छ । कुनै पनि वस्तुको रुपान्तरण सहज र सरल परिस्थितिबाट सम्भव छैन । कुनै पनि आमाले नयाँ शिशुको जन्म दिने जस्तै वेदनायुक्त हुन्छ । यर्सथ, आमा र नयाँ शिशुको स्वस्थ र अन्य कुराहरुमा जसरी हामी संवेदनशील हुन्छौं त्यसैगरी साँढे २ शताब्दी भन्दा बढीको एकल र केन्द्रीकृत राज्य प्रणालीबाट उन्मुक्त हँदै संघीय लोकतान्त्रिक व्यवस्थामा आफूलाई आत्मसात गर्न कम चुनौतीपुर्न अवस्था छैन । यसको लागि तपाईं हामी प्रशिक्षित हुँदै अन्य दाजुभाइ दिदी बहिनीहरुलाई पनि डोर्याउन हाम्रो पनि जिम्मेवारी हो । यी कुराहरुलाई मध्यनजर राख्दै आगामी दिनहरुमा अझ बढी फलदायी बनाउँदै जाने हौसला प्राप्त होस् । यही शुभेच्छाका साथ गत आर्थिक बर्षा जिमी र्राई उत्थान समाज, सोलु केन्द्रीय समितिले निम्न लिखित मुख्य कार्यहरु सफलताकासाथ सम्पन्न गरेको कुरा यसै प्रतिवेदन मार्फ यहाँहरु समक्ष राख्न पनि अनुमति चाहन्छु ।
यी सम्पुर्न सवालहरुका अतिरिक्त समाजले विगत बर्षरुमा झै यस वर्षो वाषिर्कोत्सव कार्यक्रमको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरी सोलुखुम्बू जिल्लाका विभिन्न गा.वि.स. का आर्थिक रुपले कमजोर र कडा रोग लागेकाहरुलाई आर्थिक सहयोग प्रदान गरी उपचारमा सहयोग गरेको छ । त्यस्तै पञ्चन ६ का श्री रोशन राई, नेचाबतासे ६ का असारमान र्राई, नरबहादुर र्राई, सनबहादुर र्राई, शीरबहादूर र्राई र मौलिधन र्राईको घर सम्पत्ति भीषण आगलागीबाट ध्वस्त भएकोले निजहरुलाई समाजले नगद तथा जिन्सी सहयोग प्रदान गर्यो । त्यसैगरी समाजको मातहतमा १५ वटा भन्दा बढी विभिन्न शीर्शकमा अक्षयकोषहरु सञ्चालनमा आइरहेका छन् र आउने क्रम जारी रहेको व्यहोरा अनुरोध गर्दछु । विभिन्न समयमा सहयोद्वा संघ-संस्थाहरुसँग ऐक्यवद्धता जनाउँदै आफ्नो हक अधिकारको रक्षार्थ आन्दोलनमा नैतिक, भौतिक तथा आर्थिक रुपमा संलग्न भई आएका छौं ।
यस वर्षो महत्वपुर्न उपलब्धि मध्ये जिमी (राई) उत्थान समाज, सोलुको यू.के.शाखा गठनलाई लिन सकिन्छ । वर्षौंदेखि वेलायतभरि छरिएर रहनुभएका हाम्रा जिमी दाजुभाइ दिदीबहिनीहरुलाई समेट्दै आफ्नो मातृभूमि र समुदायप्रति योगदान पुर्याउनको निम्ति एउटा माध्यमको रुपमा पनि जि.उ.स.लाई वेलायतसम्म विस्तार गर्न हामीले आवश्यकता र अनिवार्य ठानेका थियौं । सोही आसयको अनुरोध वेलायतमा रहनु हुने जिमी वन्धुहरुलाई जि.उ.स.केन्द्रीय समितिले गरेपछि लामो समयको छलफल र आन्तरिक तयारीपछि व्गलभ महिनामा तदर्थ समिति र बथ महिनामा क्या.श्री हेमकुमार राईको अध्यक्षतामा पदाधिकारी र क्षेत्रीय प्रतिनिधि गरी १६ सदस्यीय जि.उ.स. वेलायत शाखा गठन भई केही महत्वपुर्न निर्णयाकासाथ क्रियाशिल रहेको जानकारी केन्द्रलाईर् इ-मेल मार्फ प्राप्त भएको छ । त्यस मध्येको एउटा मात्र उल्लेख गर्नु पर्दा स्थानीय समिति, सोलु, सल्लेरीको कार्यालयमा कार्यालय सचिव राख्नको निम्ति आर्थिक सहयोग प्रदान गर्ने निर्णया सर्हानीय छ ।
संस्थाको नियमित गतिविधिमा पर्ने कामहरुलाई पनि यो वर्षअझ विस्तार गरिएको छ । जस्तो सदस्यता वितरणमा केही विशिष्ट र आजीवन सदस्यहरु थप्न हामी सफल भएका छौं, त्यस्तै अक्षयकोष दाताको रुपमा अहिले सोलुखुम्बु जिल्ला, जुभिङ्ग निवासी श्री धन कुमार राई थपिनु भएको छ । वहाँले मूलधन रु.५०,०००।- रहने गरी खेलकुद विधामा अक्षयकोष स्थापना गर्नु भएको छ । खुशीको कुरा यो प्रतिवेदन तयार गर्दागर्दै फेरि नयाँ अक्षयकोषदाता थपिनुभएको छ । वहाँ हुनुहुन्छ, सल्यान गा.वि.स. वडा नं. ७ (हालः धापासी, काठमाडौं) निवासी श्री लइन्द्र राई । वहाँले बाजे सुर्यबहादुर राई र बज्यू असारमाया राईको सम्झनामा हाललाई ५०,०००/-(पचास हजार) राशी बराबरको पत्रकारिता पुरस्कार राखी यस वर्षो अन्तिम अक्षयकोषदाताको रुपमा रहनुभएको छ । संसारभरमा छरिएर रहनु भएका जिमी वन्धुहरु र शुभचिन्तक वन्धुहरुलाई जि.उ.स.को गतिविधिबाट सु-सुचित गराउने उद्देश्यले वेवसाइटको निर्माण गरिएको छ ।
धन्यवाद !