आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
यस संस्थाको वेप संजाल पेजमार्फ दुई शब्द व्यक्त गर्न पाउँदा खुसी लाग्नु स्वभाविक हो र यही खुसी तपाइँहरु सबैसँग बाँड्न चाहन्छु ।
हामी सबैलाई थाहा भएकै कुरा हो की यो संस्थाको स्थापना हुँदा मुलुक राजनीतिक रुपमा अप्ठेरो अवस्थामा थियो । हाम्रो साँस्कृतिक, भाषिक, धार्मिक, सामाजिक, शैक्षिक आदि क्षेत्रको उत्थान तथा विकास हेतु स्थापना भएको यस संस्थालाई त्यसबेला अत्यन्त निकृष्ट खालका लाञ्छनाहरु लगाइन्थ्यो । तर हामी हाम्रो लक्ष्य तथा उद्देश्य प्राप्तिमा स्पष्ट र अविचलित रहिरहयौं । यसैको परिणामस्वरुप मिथ्या आरोप लगाउनेहरुको स्वर पातलिँदै गयो र संस्थाले दिन प्रतिदिन प्रगति गर्दै अघि बढिरहयो कुरा यहाहरु सबैलाई जानकारी गराउद छु । यस संस्थाले आफ्नो लक्ष्य र उदेश्यको सूचाना विभिन्न माध्यमबाट प्रचार प्रसार गर्दै जाने क्रम्मा आजको युगमा प्रयोग गरिदै आएको सूचाना प्रविधीको माध्यमलाई पनि हामीले अंगालेका छौं ।
सृष्टिको नियम अनुसार मौसम त फेरिरहन्छ भने मानिसको सोच यथास्थितिमा रहने सम्भावना नै हुँदैन । त्यसैले आफू सचेत हुन र आफ्नो समुदायलाई सचेत तुल्याउन गरिएको प्रयासप्रति कसैले बक्रदृष्टि लगाउँछ भने पनि बेवास्ता गर्नु एकमात्र उपचार हो र सत्य एकदिन अवश्य प्रष्टिन्छ नै ।
स्थापनाको समयमा यो संस्थाले थुप्रै आरोह/अवरोह पार गरेर यो स्थानमा आइपुगेको छ । यही अवधिमा मुलुकमा ठूलो राजनीतिक परिवर्तन भएर हिंजो सिमान्तकृत अवस्थामा जीवन गुजारिरहेका सोझा निमुखाहरुको आवाज सुनिएला कि भन्ने आशा पलाएको छ ।
शुभेच्छुक महानुभावहरु,
यो संस्था हिंजोको कठिन दिनमा पनि तपाइँको माया र सद्भाव पाएर जीवन्त रहेको ब्यहोरा सादर निवेदन गर्दछु । हाम्रो सत्प्रयास र तपाइँहरुको सल्लाह तथा सुझावले यस संस्थाले आगामी दिनमा अझ राम्रो गर्दै जाने द्रिट विश्वास दिलाउन चाहन्छु ।
यस संस्थाको हितको लागि सहयोग उपलब्ध गर्राईरहने सम्पूर्न सहयोगदाताज्यूहरुलाई हार्दिक धन्यवाद टक्र्याउँदछु ।
जय जिमी समाज !